सिटिजन्स बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट

  २०७५ साउन १६ गते १२:४३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।

हाल बैंकले ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.