६ महिनामा एप्पलको नाफा ११ अर्ब ५० करोड डलर, सेयर मूल्य ४ प्रतिशत बढ्यो

  २०७५ साउन १६ गते १२:२३     विकासन्युज

एजेन्सी । आईफोन निर्माता एप्पल इंकको नाफा ३० प्रतिशत बढेको छ । एप्पलको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । यो हालसम्मको सर्वाधिक नाफा हो । प्रक्षेपण भन्दा आईफोनको बिक्रीमा केही कमी आएपनि कम्पनीले नाफा बढाएको छ । एप्पलको आम्दानी १७ प्रतितश बढेर ५३ अर्ब ३० करोड डलर पुगेको भारतको फाइनान्सियल एक्सप्रेसले बताएको छ ।

“नाफाबाट हामी अति उत्साहित भएका छौ । चौथो त्रैमाशमा आम्दानी दोहोर अंकमा पुग्ने छ” एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिमी कुकले भने । एप्पले गत जुनको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो । गत जुनसम्म एप्पलले ४१ करोड ३० लाख थान आईफोन बिक्री गरेको छ ।

नाफामा वृद्धि भएपछि अमेरिकाको सिलिकन भ्यालीमा रहेको प्रविधि कम्पनी एप्पलको सेयर मूल्य ४ प्रतिशत बढेर १९८ डलर पुगेको छ । एप्पलको नाफा बढेपछि सेयर लगानीकर्ता खुसी भएका छन् । यसले अर्बौ डलर बजार मूल्य बढाएको छ । अमेरिका र चीनबीचको जारी व्यापार युद्धले एप्पलका उत्पादन बिक्रीमा खासै फरक नपर्ने सीईओ कुकको भनाई छ ।

चीनको स्मार्टफोन उत्पादकले हुवावेले पनि एप्पलसंग टक्कर गरिरहेको छ । दक्षिण कोरियाको टिटान सामसुङ अझै पनि धेरै स्मार्टफोन बिक्री गर्नेमा परेको छ । उसले ७१ करोड ७५ थान सेट बिक्रीका लागि बजारमा गइसकेका छन् ।

हुवावे दोस्रो ५४ करोड २० लाख थान बिक्रीका लागि सिपमेन्ट भएको मोवाइल ट्रयाकर आईडीसीले जनाएको छ । विश्व मोवाइल बजारमा सामसुङको २०.९, हुवावेको १५.८ र १२.१ प्रतिशत आईफोनको बजार हिस्सा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.