अब हरेक सरकारी अस्पतालमा स्तनपान कक्ष निर्माण हुने

  २०७५ साउन १६ गते १२:३८     डोमी शेर्पा

काठमाडौं। स्वास्थ्य सेवा विभागले देशको हरेक सरकारी अस्पतालमा स्तनपान कक्ष निर्माण गर्ने भएको छ। चालु आर्थिक बर्षमा देशका बिभिन्न सरकारी अस्पतालमा  स्थनपान कक्ष स्थापना गराउने र त्यसपछि उधोग प्रतिष्ठान, सरकारी कार्यालयलगायत हरेक क्षेत्रमा पनि उक्त स्तनपान कक्ष निर्माण गरिने विभागले जानकारी दिएको छ।

सरकारले युरोपियन युनियन र युनिसेफको सहयोगमा यो व्यवस्था हुन लागेको हो ।

स्तनपान दिवसको अवसर पारेर विभागले बुधबार आफ्नो कार्यलयमा स्तनपान कक्षको शुभारम्भ गरेकाे छ ।  कार्यलयमा कार्यरत कर्मचारी र सेवाग्राहीहरुलाई स्तनपान गराउन सजिलो होस् भनेर यस्ताे व्यवस्था गरिएकाे हाे ।

देशभरका अन्य कार्यलयमा  पनि यस्ताे कक्ष बनाउने लक्ष्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब सुशील प्याकुरेलले बताए।

विभाग पेरिसअरमा स्तनपान कक्ष स्थापना भएपछि  नजिकै रहेको सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा लिना आउने महिला र उनीहरुको बालबालिकालाई पनि फाईदा पुग्ने प्याकुरेलले बताए।

कार्यक्रममा हेलेन केलर स्वास्थ्य संस्थाको पोसनविद्हरुले स्तनपानको कारण बच्चा र आमामा हुने फाईदाको बारेमा जानकारी दिएका थिए।

हालको श्रम एेन, २०६४ ले स्तनपान गराउने महिलाहरुलाई ९८ दिन सुत्केरी बिदा दिन प्रभाधान राखेकोमा सिसु तथा बाल्यकालिन पोसन रणनीतिलाई छ महिनासम्म बनाउन जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.