नेपालमा पहिलो पटक क्रियटिभ बिजनेस कप हुँदै, विजेतालाई ९ लाख रुपैयाँ पुरस्कार

  २०७५ साउन १५ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक उद्यमीहरुको लागि क्रियटिभ बिजनेस कप प्रतियोगिता हुने भएको छ । नेपालमा नयाँ सोच भएका नव उद्यमी तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण ‘स्टार्टअप इकोसिस्टम’ विकास, विस्तार र संस्थागत गर्नमा सघाउने उद्धेश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

करिब ३ वर्षदेखि सक्रिय संस्था अन्तरप्रेरणा र उद्यमशिलताको क्षेत्रमा विश्वभरि कार्यरत डेनमार्कको कोपनहेगनमा रहेको क्रियटिभ बिजनेस कपबिच नेपाली उद्यमीहरुलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ । यसबाट यहि वर्ष नोभेम्बर महिनामा डेनमार्कको कोपनहेगनमा सम्पन्न हुने अन्तर्राष्ट्रिय क्रियटिभ बिजनेस कप प्रतिस्पर्धामा नेपाली उद्यमीलाई सहभागी हुने अवसर मिलेको छ ।

नेपालमा पहिलो पटक हुन लागेको यस प्रतियोगितामा उद्यमशीलताका विविध क्षेत्रमा नविन र सृजनशील कार्यहरु गरिरहेका उद्यमीहरुले प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिताबाट छानिएका उत्कृष्ट प्रतियोगीले कोपनहेगनमा हुने अन्तर्राष्ट्रिय बिजनेस कपमा आफ्नो प्रस्तुती दिन पाउने छन् । तीन दिने अन्तराष्ट्रिय कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिनेले ७००० यूरो बराबरको नेपाली रुपैयाँ(अर्थात  ९ लाख ३ हजार रूपैयाँ) नगद पुरस्कारसँगै अन्य सुविधाहरु पाउनेछन् ।

क्रियटिभ बिजनेस कपले उद्यमीहरुको सशक्तिकरण, उद्यमीहरुलाई विश्व बजार, लगानीकर्ता र सरोकारवालाहरु सम्म जोड्ने काम गर्दछ । हाल अन्तरप्रेरणाले नेपाली उद्यमीहरुका विचमा राष्ट्रिय प्रतियोगिताकोलागि आवेदन आव्हान गरिरहेको छ । यस बिजनेस कपमा सहभागी हुनको लागि अन्तर्प्रेरणाको वेभसाईट https://www.antarprerana.com.np/cbc बाट आवेदन दिन सकिने छ र थप जानकारी पनि पाउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.