मेगा बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा विशेष छुट, १५०० मै ११ वटा सेवाको प्याकेज पाउने

  २०७५ साउन १५ गते १२:३४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडको उपचार सेवामा विशेष छुट पाउने छन् । दुई कम्पनीबीच सेवा आदान प्रदान सम्बन्धी सम्झौता भएपछि बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मेगा बैंकका कर्मचारी, ग्राहक र उनीहरुका परिवारलाई विभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गरिने उल्लेख छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले १५ सय रुपैयाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने भएका छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, युरिन टेस्ट, एसजीओटी, एकजीपीटी, चेस्ट एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् ।

यसैगरी, मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे ७ प्रतिशत छुट पाउने भएका छन् । ग्राण्डी अस्पतालले उपचारका लागि आकस्मिक रुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहकवर्ग र उनीहरुको परिवारलाई प्राथमिकता दिने सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.