एनआइसी एसिया बैंकको नाफा १ अर्ब ४९ करोड, निष्क्रिय कर्जा ०.०६ प्रतिशत

  २०७५ साउन १५ गते ९:४८     विकासन्युज

काठमाडौं । एनआर्इसी एसिया बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकले मंगलबार वित्तिय विवरण सार्वजनिक गरी गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७३।७४ को भन्दा २१ करोड रुपैयाँ बढि हो । सो आवमा बैंकले १ अर्ब २८ करोड रुपैयाँ नाफा गरेको थियो ।

एनआइसी एसियाले १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षमा बैंकले १३ अर्ब २९ करोड ब्याज आम्दानी गरेको छ । बैंकले आक्रमक रुपमा शाखा विस्तार र

महंगोमा निक्षेप परिचालन गर्दा खर्च बढेको छ । समीक्षा अवधिमा बैंकले ९ अर्ब ३३ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। बैंकले २०७३ असार मसान्तमा ६ अर्ब ९० करोड ब्याज आम्दानी गरेर ४ अर्ब ३६ करोड रुपैयाँ ब्याज खर्च गरेको थियो ।

एनआइसी एसियाको खराब कर्जा लगभग शुन्य अवस्थाा पुगेको छ । गत असारसम्म बैंकको निष्क्रिय कर्जा ०.०६ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ९४ पैसा रहेको छ । बैंकको आधार ब्याजदर बढेर ११.१६ प्रतिशत पुगेको छ । आर्थिक वर्षको अन्तिम महिनामा ब्याजदर अन्तर (स्प्रेड ) ५.१० प्रतिशत रहेको छ । बैंकको निक्षेप लागत ७.६७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.