एनसीसी बैंकको हकप्रद सेयर निष्कासन भदौ ४ देखि

  २०७५ साउन १५ गते ८:२९     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले भदौ ४ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ । हकप्रद निष्कासनपछि पनि बैंकको ९९ करोड रुपैयाँ चुक्तापुँजी नपुग्ने देखिएको छ । तोकिएको समयमा पुँजी नपुरउनेमा एनसीसी बैंक मात्र भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.