सिटिजन बैंकको एफपीओ आजदेखि खुला, २३०० कित्तासम्म भर्न पाइने

  २०७५ साउन १५ गते ८:०९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो ।

बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ ।

एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते शुक्रबार र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । ४ दिनभित्र पनि एफपीओमा पर्याप्त आवेदन नपरे संस्थागत लगानीकर्तालाई खुला हुने बैंकले जनाएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट दरखास्त फारम लिने तथा बुझाउने व्यवस्था रहेको छ ।

एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारणको स्वामित्व ५१ः४९ प्रतिशत मिलाउन एफपीओ निष्कासन गरेको बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.