भूकम्प पीडितको सम्पत्ति लिलामी नगर्न राष्ट्र बैंकको निर्देशन

  २०७५ साउन १४ गते १७:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितको घरजग्गा लिलामी नगर्ने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लिएको २ वर्षमै धमाधम घरजग्गा लिलामी गर्न थालेपछि केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गरी रोक्न भनेको छ । राष्ट्र बैंकले अर्को ब्यवस्था नभएसम्म भूकम्प पीडितको लिलाम नगर्न निर्देशन दिएको हो ।

भूकम्प पीडितलाई दिने सहुलियत कर्जाको अवधि न्युनतम ५ र १० वर्षसम्म तोकिएको छ । राष्ट्र बैंकले बैंकहरुलाई शुन्य ब्याजमा पुनर्कर्जा दिने व्यवस्था गरेको छ । सो रकम भूकम्प पीडितले २ प्रतिशत ब्याजमा मा पाउने ब्यवस्था गरिएको छ ।

यो व्यवस्था अनुसार हालसम्म १ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । उपत्यकामा २५ लाख र बाहिर १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गरिएको छ ।पुनरकर्जाको अवधि १ वर्षको हुने र पछिल्लो १ वर्ष थप्ने व्यवस्था भएपछि बैंकले धमाधम लिलामी गर्न थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.