सेञ्चुरी कमर्सियल बैंकको थप ३ शाखा सञ्चालनमा

  २०७५ साउन १४ गते १६:००     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ३ स्थानमा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले चितवनको टांडी, महोत्तरीको बर्दिबास र धनुषाको बिरेन्द्र बजारमा शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हाे।

उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन् । बैंकले नयाँ शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा, ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । त्यस्तै, बैंकको गत असार मसान्तमा कुल निक्षेप ६१ अर्ब ३२ करोड तथा कुल कर्जा ५५ अर्ब रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.