विन्ध्यवासिनी हाइड्रोपावरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २५ लाख कित्ता आईपीओ जारी गर्दै

  २०७५ साउन १३ गते १९:१२     विकासन्युज

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न उक्त क्यापिटलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावरका तर्फबाट संचालक भरतबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागी १५ लाख कित्ता गरि जम्मा २५ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.