स्वरोजगार लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर निष्कासन आजदेखि

  २०७५ साउन १३ गते ८:५९     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर आज आइतबारदेखि बिक्री खुला भएको छ । संस्थाले चुत्तापुँजी बढाउन १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

असार २८ गतेसम्म सेयरधनी पुस्तीकामा कायम रहेका सेयरधनीले हकप्रद सेयर भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासन भदौ १७ गते बैंकिङ समयपछि बन्द हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.