केपी ओलीले भने-मलाई काँग्रेसको माया लाग्छ

  २०७५ साउन १२ गते १७:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफुलाई काँग्रेसको माया लाग्ने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले आफुलाई काँग्रेसको माया लाग्ने बताएका हुन् ।

अब काँग्रेससँग आन्दोलनका लागि कुनै एजेण्डा नै नभएको पनि बताए । ‘अब उहाँहरु के एजेण्डा लिएर माइतीघर जानु हुन्छ ? अब त कुनै बिषय बाँकी नै रहेनन, काँग्रेस एजेण्डा बिहिन बनेको देख्दा मलाई माया लाग्छ’ ओलीले भने ।

काँग्रेसले डा. गोविन्द केसीलाई जुम्लामा आत्म दाह गर्न बाध्य पार्ने योजनामा काँग्रेस रहेको बुझेपछि आफुले काठमाडौं झिकाएको पनि स्पष्ट पारे । केसीलाई अनसन तोड्नै नदिनेहरुलाई सरकारले राम्रो झापड हानेको दावी पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.