रोनाल्डोलाई कौडीको भाउ बेच्नु दुखद्, मेसीलाई यस्तो हुन दिन्नौं: जोसेफ भिभेस

  २०७५ साउन ११ गते १२:५१     विकासन्युज

काठमााडौं । बार्सिलोनाका सहायक प्रेसिडेन्ट जोसेफ भिभेसले रियल म्याड्रिडले खेलाडी प्रति असभ्य व्यवहार गरेको बताएका छन् । रोनाल्डोलाई रकममा बेचेर क्लबले खेलाडीको अपमान गरेको भिभेसले बताएका हुन् ।

बार्सिलोनाको टोली अमेरिका भ्रमणमा निस्कनु भन्दा पहिले पत्रकारसँग कुरा गर्दै भिभेसले भने-‘रोनाल्डो प्रति क्लबले जुन व्यवहार गर्यो यो निकै दुखद छ । यसबाट हामीलाई प्रश्न उठेको छ, बार्सिलोनाले मेसीलाई पनि यस्तै गर्छ ?  तर म कल्पना सम्म पनि गर्न सक्दिन बार्सिलोनाले खेलाडीलाई अपमान गर्छ । रोनाल्डोलाई जुन व्यवहार गरियो यसबाट म निकै दुखी छु र केहि दिन फुटबलबाट टाढा भए, तर यस्तो अवस्था बार्सिलोनामा कदापी आउन दिन्न ।

ब्राजिलिय बिगंर बुधबार बार्सिलोना आइपुगेको छ, उनको सम्झौतामा मलाई पश्चाताप छैन । उनले बार्सिनालाई नयाँ शक्ति दिनेछन् ।’
मालकोमलाई इटालियन क्लब रोमाले ३५ मिलियनमा लिइसकेको खेलाडीलाई बार्सिलोनाले ४१ मिलियन तिर्दै क्याटलान तानेको थियो ।

समान्यतय फुटबलमा भावना पनि जोडिएको हुन्छ । रोनाल्डो यस युगको एक महान खेलाडी हुन् उनले मड्रिडमा ९ वर्ष बिताउँदा ४ वटा च्याम्पियान्स लिग जिताएका थिए । बार्सिलोनाले पछिल्लो समय जाभी हर्नाडेज, इनिस्टा जस्ता खेलाडीलाई ठूलो सम्मानको साथ बिदाई गरेको छ । मड्रिडले भने कासिलास पछि रोनाल्डोलाई अपमान गरी बेचेको छ ।
रोनाल्डोलाई युभेन्टस्ले ११७ मिलीयनमा अनुबन्ध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.