एम्बाप्पेले भने: ‘अब मेसी, रोनाल्डो होइन मैले जित्छु ‘बालोन डे ओर’

  २०७५ साउन ८ गते ११:१८     विकासन्युज

काठमाडौं । फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले ‘बालोन डे अर’ आफैंले जित्ने दाबी गरेका छन् । उनले उत्कृष्ट फुटबलरमा आफु सहित क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र राफेल भारानलाई राखेका छन् भने लियोनल मेसीलाई अन्तिम स्थानमा रहेका छन् ।

विश्वकपमा उत्कृष्ट युवा खेलाडीको उपाधि पाएका एम्बाप्पेले अब मेसी र रोनाल्डोको पुस्तालाई पछि पार्दै आफुले ‘बालोन डे ओर’ जित्ने बताएका हुन् । उनले फ्रान्स फुटबलसँग भने-‘यो वर्ष फ्रान्सले विश्वकप जितेको छ, त्यसैले बालोन डेमा फ्रान्सकै धेरै खेलाडीहरु ‘बालोन डे ओर’का दाबेदार हुन्छन् । मलाई विश्वकप खेल्नुभन्दा पहिले मानिसहरुले विश्वास गरेका थिएनन्, तर प्रशिक्षक देशच्याम्पले यस्तो सुत्र दिए यसमा हामी सफल भयौं । म ट्रफि जित्नैको लागि खेल्ने र बाँच्ने गर्छु मलाई विस्वास छ, यसमा म सफल हुनेछु ।’

यो वर्ष क्रिष्टियानो रोनाल्डोलाई बालोन डेको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.