हुण्डाईले ल्यायो ‘हुण्डाई परिवार’ योजना

  २०७५ साउन ७ गते १९:२९     विकासन्युज

काठमाडौं । नेपालको लागि हुण्डाई गाडिको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ‘हुण्डाई परिवार’ योजना ल्याएको छ । ग्राहकहरुको जिवनमा थप खुशी पुर्याउनको लागि हुण्डाईले ग्राहकहरुको जिवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता गरेको छ ।

यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् ।

यो योजनाबाट हुण्डाई परिवार ग्राहकहरुको जीवनमा थप खुशी पुर्याउनको लागि तयार रहेका छन् । साथै, हुण्डाई देशको चार पाङग्रे गाडिको विधामा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.