सिन्डिकेटधारी व्यवसायीलाई बैंकबाट रकम झिक्न सोमबारबाट ३५ दिने सूचना

  २०७५ साउन ६ गते १६:४५     विकासन्युज

काठमाडौं । यातायात व्यवसायीहरुको बैंकमा रहेको रकम झिक्न सोमबार(भोली)देखि ३५ दिने सूचना आउने भएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत बैंकमा रहेको रकम झिक्न सूचना प्रकाशन गरिनेछ ।

सूचनाको आधारमा व्यवसायीले सम्पुर्ण विवरण जिल्ला प्रशासन कार्यालय(जिप्रका)मा बुझाउनु पर्नेछ । भौतिक तथा यातायात मन्त्री रघुविर महासेठका अनुसार व्यवसायीले आफुले दिनुपर्ने ऋण, कर्मचारीको तलब घाइते मृतकलाई दिनुपर्ने रकमको सम्पुर्ण विवरण भरेर बुझाउनु पर्नेछ ।

व्यवसायीले बुझाएको विवरण अनुसन्धान गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कोष लेखाको प्रतिनिधी, कर कार्यालयको प्रतिनिधी, यातायात कार्यालयका प्रतिनिधी रहनेछन् । यदि अनुसन्धानबाट विवरण झुटो ठहरिएमा त्यस्ता व्यवसायीहरुको रकम निकासा नहुने मन्त्री महासेठले बताए ।

नेपालमा ४ सयभन्दा बढी यातायात व्यवसायीहरु रहेका छन् । जसमध्ये केहि व्यवसायीको खाता खुल्ला भैसकेको छ भने २४२ खाता बन्द रहेका छन् । यातायात मन्त्रालयले असार ३२ गते गरेको निर्णयलाई साउन ४ गते गृहमन्त्रालय संयुक्त मन्त्री परिषदको निर्णयबाट व्यवसायीलाई रकम झिक्ने सुविधा दिइएको हो ।

यो पनि हेर्नुहोस्

बैंक खाता बन्यो सिन्डिकेटको तगारो, अर्को निर्णय गर्दै यसरी दिइयो व्यवसायीलाई रकम झिक्ने सुविधा (निर्णयसहित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.