दु:खी छु, पिडामा छु विश्वकप हारेपछि झन् आलोचनाको सिकार भएँ: नेइमार जुनियर (भिडियोसहित)

  २०७५ साउन ६ गते १२:५०     विकासन्युज

काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियर सेन्ट परिस जर्मनको ट्रनिङ सेसनमा फर्किएका छन् । विश्वकपमा बेल्जियमसित हारेपनि उनी पहिलो पटक ट्रेनिङ फर्किएका हुन् ।

नेइमारले विश्वकपमा हार बेहोरेपछि  चौतर्फी आलोचनाको सिकार हनुपरेको बताएका छन् । उनले गोलडटकमसँग कुरा गर्दै भनेका छन्- ‘म सबै कुरामा आलोचित भैरहेको छु, चाहे मैले जे बोले, पनि जे गरे पनि । तर मैले यसलाई प्रयोग गरिरहेको छु । मैले धेरै समय आलोचनाको बारेमा सोचेको छु । तर म अझै विश्वकपको कुरा गर्न चाहान्छु किनभने म अझै यसको पिडामा छु ।

म धेरै दुखी छु, यो समय मेरो लागि धेरै कष्टकर समय हो, म सधै भन्दै आइरहेको छु जब मैले सान्तोस क्लब छोडे, मैले इस्टाग्राममा लेखेँ, जब मैले बार्सिलोना छोडे मैले इस्टाग्राममा लेखेँ र विश्वकपको बारेमा पनि लेख्दैछु, जहाँ मलाई मेरा शब्दहरु लेख्न सजिलो लाग्छ । जब मलाई मनिसले माया गर्छन मेरो मनमा शान्ती मिल्छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.