भारुमा ऋण लिने एसिबआई र एभरेष्ट बैंकले मात्रै हो

  २०७५ साउन ४ गते १८:२९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल एसबिआई बैंक र एभरेष्ट बैंकले मात्रै भारतीय रुपैंयाँमा ऋण सक्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उनले भारती लगानीका यी दुई बैंकले मात्रै भारतीय मुद्रामा ऋण लिन सक्ने बताएका हुन् ।

उनले यस अघि पनि नेपालमा अधिक तरलता हुँदा भारतमा डिपोजिट गर्ने अभ्यास गरिएको बताउँदै हाल भारतमा न्युन ब्याजदरमा पैसा उपलब्ध हुन सक्ने भएकाले ऋण ल्याउन सकिने बताएका हुन् ।

हाल बाणिज्य बैंकहरुले आफ्नो प्राथमिकत पुँजीको २५ प्रतिशतसम्म विदेशबाट ऋण लिन सक्ने व्यवस्था मौद्रिक नीति मार्फत गरिएको छ ।
उनले वित्तिय क्षेत्रको तरलता अभावको समाधानका लागि आन्तरिक निक्षेपले मात्रै नपुग्ने भन्दै विदेशीबाट ऋण ल्याउनुको विकल्प नरहने बताउँदै आएका छन् ।

उनले देशको विकासका लागि केहि खर्ब रुपैंयाँ विदेशी बैंक तथा वित्तिय संस्थाबाट ऋण लिनु अपरिहार्य भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.