ब्राजिलमा हुने कोपा अमेरिका जित्न मेसी र गर्डिवाला चाहिन्छ: अर्जेन्टिना फुटबल एशोसियसन

  २०७५ साउन २ गते १८:१५     विकासन्युज

काठमाडौं । अर्जेन्टिना फुटबल एशोसियसनले प्रशिक्षक जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।एशोसियसनले प्रशिक्षकको लागि पहिलो प्रथमिकतामा इंग्लिस क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गर्डिवालालाई राखेको छ ।

एशोसियसनले लियोनल मेसिको सम्बन्ध गर्डिवासँग राम्रो रहेको बताउँदै उनलाई प्रशिक्षक बनाउन प्रयास थालेको छ । मेसि र गर्डिवालाले बार्सिलोनामा ४ वर्ष सँगै बिताएका थिए । उनीहरुबिचको सम्बन्ध अझै पनि उत्कृष्ट रहेको छ ।

गर्डिवालालाई प्रशिक्षक बनाउन अर्जेन्टिनालाई सजिलो छैन । उनी सिटीमा उच्च सुविधाकासाथ आक्रामक फुटबल खेलाइरहेका छन् । उनले सन् २०१७ १८ को प्रिमियर लिग समेत सिटीलाई जिताइसकेका छन् ।

उता एशोसियसनले भने पुरै शक्ति लगाएर गर्डिवालालाई प्रशिक्षक बनाउने तयारी थालेको छ । केहि समयअघि मात्रै गर्डिवालाले अर्जेन्टिानाका प्रशिक्षक बन्ने इच्छा प्रकट गरेको एशोसियसनले दाबी गरेको छ ।

कोपा अमेरिका सन् २०१९ मा ब्राजिलमा हुदैं छ । प्रतियोगितामा १२ देशले सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.