अब टोलटोलमा मेडिकल कलेज खोलेर डाक्टरको डिग्री दिऔ : भीम उपाध्याय

  २०७५ साउन १ गते १९:५९     विकासन्युज

अब यसो गरम टोलटोलमा मेडिकल कलेज खोलम, भर्ना भएर ५ वर्ष कटाए पछि स्वतः डाक्टरको डिग्री दिम्, जति जना पढ्न मनलाग्छ वा चाहन्छन् त्यति जना भर्ना गर्न दिदै जाम, जति मनलाग्छ त्यति शुल्क लिन पाउने गरम् ।

यस्तै जसले मनलाग्छ उसले पढाउन स्वतः पाउने गरी प्राध्यापक भर्ना गरम्, चीरफार गर्न भुसिया कुकुर चौपायाको उपयोग गरम् वा पैदल हिड्ने फुटपाथ सॉघुरा भएका वा हुदै नभएका सडक काट्दा नियम मिच्ने पैदलयात्रू समातेर तिनका मुटु कलेजो मृगौला चिर्न पाउने गरम् ।

मेडिकल काउन्सिल खारेज गरम्, डिग्री पाउनासाथ डाक्टरको जागिरको नियुक्ति दिम्, जहॉ जागिर चाहिन्छ वा बस्न मनलाग्छ त्यही जागिरको पोस्टिंग गर्न दिम्, जसले जसलाई जे विषयमा उपचार पनि विशेषज्ञता नचाहिने गरी गर्न पाउने गरम् ।

उपचार गर्दागर्दै रोगी मर्न नपाईने र कथमकदाचित मरेमा उल्टो डाक्टरलाई हर्जाना दिनुपर्ने गरम्, नेता, सांसद मन्त्री, उच्च पदाधिकारी वा कलेज संचालक सबैलाई विदेशमा लगेर उपचार गराउनै पर्ने तिनलाई यहॉ कुनै डाक्टरले आलासमेत लगाउन नपाउने अध्यादेश जारी गरेर नेपाललाई विश्वमैं मेडिकल डाक्टरै डाक्टर भएको मुलुक बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्दै जाम् ।

यस्ता डाक्टर र तिनलाई दर्शन गर्न वर्षैपिच्छे करोडौ पर्यटक भित्राउने कार्यक्रम चलाउ मुलुक फटाफट समृद्ध बनाम् । यी माथिका यस्ता पवित्र माग राखी सरकारले पूरा नगर्दासम्म टोलटोलमा दर्जनौ मान्छे आजैदेखि आमरण अनसन बस्न थालम । अब यसो गरे कसो होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.