एनआईसी एशियाले दियो तीन नम्बर, जसमा मिस्कल गर्दा खाताको सम्पूर्ण जानकारी पाइने

  २०७५ साउन १ गते १८:४२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले साउन १ गते(आज)देखि मिस्डकल बैंकिङ सेवा संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत बैंकका ग्राहकले मिस्डकल गरेर आफ्नो खाताको बारेमा जानकारी पाउने छन् ।

१. ब्यालेन्स जानकारीः मोबाईल नं- ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने छ ।

२. मिनी स्टेटमेन्ट जानकारीः मोबाईल नं- ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने छ ।

३. कलब्याक सेवाः मोबाईल नं- ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.