सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न पायो अनुमति, प्रतिकित्ता २०० रुपैयाँ

  २०७५ साउन १ गते १७:४९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले थप निष्कासन (एफपीओ) ल्याउन अनुमति पाएको छ ।

धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता २०० रुपैयाँमा ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

संस्थापक र साधारण सेयर अनुपात ५१:४९ बनाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.