२०७५ साउन १ गते १४:११ विकासन्युज
१. विगत ७ दशकमा ७ वटा संविधान परिवर्तनस संसारका २८ गरीव राष्ट्रहरू मध्य नेपाल २५ सौं गरीव भएको छ ।
२.कृषि र औद्योगिक क्षेत्रको उत्पादन अत्यन न्यून, आर्थिक विकास अत्यन्त निराशाजनक, भारत र अन्य मुलुकमा उत्पादित वस्तुहरूको बजार एउटा मुलुक भारतसंग कहाली लाग्दो रूपमा परनिर्भरता बढ्यो, रेमिटेन्स, आयात र थोरै वैदेशिक सहयोगमा निर्भर रहेको छ ।
३. दुबै ठूला छिमेकी मुलुकहरू भारत विश्वमा छैठौं अर्थतन्त्र र र चीन विश्वमा दोश्रो अर्थतन्त्रसंग अपेक्षाकृत सौहाद्र र सुमधुर सम्वन्धको प्रादुर्भाव नहुनु दुर्भाग्य हो । यो असफल कुटनीतिको परिणाम हो । यसकारण भारत र चीनसंग विगतमा नेपालले गरेका कतिपय संझौताहरू दुई दशकदेखि कार्यान्वयन भएको छैन् । यसमा पुनरावलोकन हुनु पर्दछ।
४.विगत १२ वर्षमा राजनैतिक क्षेत्रमा भ्रष्ट्राचार व्याप्त
५. ९२ प्रतिशत जनता हिन्दु, वुद्धिष्ट, दशनामी समेतको आस्था भएको सनातन धर्मलाई संविधानवाट जबर्जस्ती हटाईयो, अहिले व्यापक रूपमा धर्म परिवर्तन भै रहेको अवस्था छ ।
६. वर्गहीतको नाममा भएको तथाकथित जनयुद्धमा १७ हजार मानिसहरू मारिए र जातीय र क्षेत्रीय राज्यको विष वृक्ष रोपियो र विखण्डनको विजारोपन भयो ।
७. १२ वर्षमा सत्ताशीन सबै दल र शासकहरूले राष्ट्र र जनताको हुर्मत लुटे, भ्रष्ट्राचारले सीमा नाघ्यो। अदालतवाट केही भ्रष्ट्राचारीलाई जेलनेल भयो, कति उम्के, राजनैतिक, आर्थिक र सामाजिक लगायत सबै क्षेत्र अहिले अस्तव्यस्त र चारैतिर हाहाकार छ। घरको धारामा एक युग भयो एक थोपा पानी आउंदैन, सडक खाल्टोमा परिणत भएको छ, फुटपाथको सडक बत्ति बल्दैनन, महंगी चुलिएको छ । यस्तै मुलुकमा सुरक्षा छैन, ट्राफिक जाम दीर्घ रोग भएको छ, शहर बाढीमा डुवेको छ,त्यसैले नेपाल क्रस रोडमा । त्यसैले पशुपतिनाथको कृपाले मुलुक चलेको छ।
८. गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामा आधारित संविधान जारी र कतिपय जनताद्धारा संघीयता र धर्म निरपेक्षता अस्वीकार्य र जनमत संग्रहको माग ।
९. नयां संविधान अन्तर्गत निर्वाचन सम्पन्न, वाम गठवन्धनको दुई तिहाई बहुमत सहित प्रचण्ड विजय र सरकार गठनस गठवन्धन सरकारमा रहेका एमाले र माओवादी केन्द्रबीच एकता, फोरम पनि सरकारमा सहभागी भएका छन् । अन्य दलहरू निर्वाचनमा ३ प्रतिशत थ्रेशहोल्ड मुनि रहेकाले राष्ट्रिय दल हुनबाट बञ्चित र ती साना दलहरूको भविष्य अन्धकार ।
१०. सरकारले अहिले सबै क्षेत्रमा विद्यमान विसंगति र विकृतिलाई सुधार गर्दै आगामी दुई वर्षमा अर्थतन्त्रलाई सामान्य परिस्थितिमा ल्याउनु पर्दछ र आर्थिक विकासको प्रयत्नलाई निरन्तर अगाडि बढाउनु पर्दछ । त्यसपछि मात्र सम्वृद्धिको निमित्त दीर्घकलिन योजनहरू तर्जुमा गर्नु पर्दछ। अन्यथा, हामी बनाना रिपब्लिकतर्फ उन्मुख हुनछौं र असफल राष्ट्रमा दर्ता हुने छौं। प्रभावकारी रूपमा नेपालबाट भ्रष्ट्राचारको अन्त्येष्टि र इमान्दारीतापूर्वक मितव्ययीताको नीति प्रतिपादन गरिनु पर्दछ । सत्ताशीन मित्रहरूले त्याग, तपस्या र वलिदानको दृष्टान्त पेश गर्नु पर्दछ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.