रिलायन्स फाइनान्सको संस्थापक सेयर लिलामीमा, असार १६ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने

  २०७५ साउन १ गते ९:४८     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामी हुने भएको छ । निष्कासन गर्दा बिक्री नभएको ३ लाख १ हजार २७४ कित्ता संस्थापक खरिदका लागि साउन ८ गते बोलपत्र पेश खुला हुने भएको छ । अन्तिम मिति साउन १६ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले यसअघि बिक्री हुन बाँकी ५लाख ३५ हजार ३१४ कित्ता हकप्रद लिलाम गर्दा पनि बिक्री नभएपछि पुनः लिलाम गरिएको सनराइजले जनाएको हो । न्युनतम १ हजारदेखि सबै खरिदका लागि बोलपत्र पेश गर्न सकिने सनराइजले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.