१७ वटै स्थानीय तहमा सिद्धार्थ बैंककाे शाखा, सबैभन्दा पहिलाे बन्न सफल

  २०७५ असार ३२ गते १८:५७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तोकिएका सबै १७ वटै स्थानीय तहमा शाखा संचालनमा ल्याएको छ । बैंकिङ्ग पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा अनिवार्यरुपमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार बैंकले सबै तहमा शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई तोके बमोजिम स्थानीय तहमा खोल्नुपर्ने सबै शाखाहरु संचालनमा ल्याउनेमा सिद्धार्थ बैंक पहिलो बैंक हो ।

स्थानीय तहमा खोलिएका समेत गरी बैंकका सबै शाखाहरुबाट सरकारी तथा अन्य संघ संस्थाका साथैै सर्वसाधारण एवं उद्यमी व्यवसायीहरुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले बैंकिङ्ग कारोबार थप सहज र सुलभ बनाउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त र जोखिम रहित इन्टरनेट एवं मोबाइल बैंकिङ्गमार्फत समेत ग्राहकहरु सेवा प्रदान गर्दै आएको छ ।

बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । बैंकले हाल १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ९०० भन्दा बढी पीओएस् मेसिनमार्फत् गुणस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.