एनएलजी इन्स्योरेन्स कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ असार ३२ गते १८:३२     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनीबाट गर्न सक्नेछन् ।

उक्त समारोहमा एनएलजी इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक मनोज श्रेष्ठ, बरिष्ट प्रवन्धक दीपककुमार चन्दको उपस्थिती रहेको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्यालयको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.