एनएमबी बैंकको एफपीओ आज बाँडफाँड, आवेदन दिने सबैले पाउने

  २०७५ असार ३२ गते १४:४९     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) आज सोमबार बाँडफाँड हुने भएको छ । एफपीओ सबै बिक्री भएपछि बिहीबार आवेदन लिन बन्द गरिएको थियो ।

आवेदन बन्द भएको ३ कार्य दिनमा एफपीओ बाँडफाँड हुन लागेको हो । एफपीओ भर्ने सबैले पाउने भएका छन ।

२ लाख कित्ता भन्दा बढी भर्ने सिद्धार्थ म्युचअल फण्ड र ग्लोबल आर्ईएमई म्युचअल फण्डले आवेदन दिएको भन्दा कम एफपीओ पाउने बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर विभाग प्रमुख रोशनजंग कार्कीले बताए ।

उनले रद्ध भएका आवेदक बाहेक सबैले पाउने जानकारी दिए । बैंकले चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड कित्ता एफपीओ निष्कासन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.