बैंकिङ प्रणालीमा तरलता बढेर ६८ अर्ब पुग्यो, राष्ट्र बैंकले १० अर्ब उठाउदै

  २०७५ असार ३२ गते १३:१७     विकासन्युज

काठमाडौं । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेर ६८ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको अन्त्यतिर चालु र विकास खर्च अधिक भएपछि बैंकिङ प्रणालीमा तरलता बढेको हो । तरलता बढेपछि नेपाल राष्ट्र बैंकले सोमबार बजारबाट थप १० अर्ब रुपैयाँ उठाउदै छ ।

केन्द्रीय बैंकले ६० दिनका लागि बजारबाट तरलता प्रशोचन गर्न लागेको हो । यसको साँवा तथा ब्याज भुत्तानी भदौ २९ गते फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । बैंकमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल झरेको छ । बैंकमा तरलता बढेपनि कर्जाको ब्याजदर भने घटेको छैन् । हालसम्म चालुतर्फ ८६.३७ र पुँजीगत खर्च ७६.१३ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.