ललितपुर फाइनान्स एलएफसी फाइनान्स हुदै, १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

  २०७५ असार ३२ गते ८:५१     विकासन्युज

 

काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडको नाम परिवर्तन भई एलएफसी फाइनान्स लिमिटेड हुने भएको छ । फाइनान्सको २१ औं वार्षिक साधारणसभाले नाम परिवर्तन गरी एलएफसी राख्ने प्रस्ताव गरेको हो । फाइनान्स केही समयअघि मात्र समस्याग्रस्तबाट मुक्त भएको थियो ।

यस्तै सभाले चुत्तापुँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । संस्थालाई कुनै उपयुत्त वित्तीय संस्थासंग मर्जर र प्राप्ति गर्नका लागि सभाले सञ्चालक समितिलाई अख्तियार दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.