बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर पारित, अध्यक्षद्धारा सपथ ग्रहण

  २०७५ असार ३१ गते १६:३२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको प्रस्तावित १३.२५ प्रतिशत बोनस सेयर पारित भएको छ । हालै सम्पन्न कम्पनीको २३औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको सो मात्राको लाभांश पारित गरेको हो ।

त्यसैगरी, सभाले छलफल तथा अनुमोदनका लागि पेश भएका अन्य सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।

साथै, आइतबार(आज) बैंकका सञ्चालक प्रकाश श्रेष्ठले अध्यक्षको सपथ ग्रहण गरेका छन् ।
उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपाल समक्ष सञ्चालक समितिको अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.