हिमालयन बैंकका ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट

  २०७५ असार ३१ गते १५:०९     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ प्रतिशतसम्म छुट प्रदान गर्ने छ । उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.