महासंघका विशिष्ट सदस्य ढकाल बंगलादेश प्रस्थान

  २०७५ असार २९ गते १८:३३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल बंगलादेश गएका छन् । बंगलादेशको ढाकामा भोलिदेखि आयोजना हुने सार्क उद्योग वाणिज्य संघको ७५औं कार्य समिति बैठकमा भाग लिन ढकालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार उक्त देश प्रस्थान गरेका हुन् ।

सार्क उवासंघको कार्य समिति बैठकमँ नियमित एजेण्डाका साथै सार्क काउन्सिल बैठक, बीटुबी बैठक तथा अ क्लाइमेट रिसाइलेन्ट एसएः टर्निङ क्लाइमेट स्मार्ट इन्भेष्टमेन्ट अपच्र्युनिटीज इन्टु रियालिटी विषयक सम्मेलन समेत हुने कार्यक्रम छ ।

उक्त सम्मेलनमा प्रस्तुत विषयमाथि महासंघका विशिष्ट सदस्य ढकालले नेपालको निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्नु हुने कार्यक्रम छ । कार्यक्रममा सार्क राष्ट्रका निजी क्षेत्रका उद्यमी व्यवसायीहरू, सरकारी निकायका प्रतिनिधिहरू, वातावरण विज्ञहरूको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.