नेपाल इन्भेष्टमेण्ट बैंकले एकैदिन खोल्यो चार नयाँ शाखा

  २०७५ असार २७ गते १६:५०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले विभिन्न चार जिल्लामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी चारवटा जिल्लामा थप शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

बैंकले जुम्लाको हिमा गाउँपालिका स्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिका स्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा क्रमशः ७४औं, ७५औं, ७६औ र ७७ औं शाखा खोलेको हो ।

बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ ।

हाल बैंकको १०१ वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । साथै, बैंकको ५७ वटा शाखा रहित बैंकिङ्ग सुविधा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.