मुक्तिनाथ विकास बैंकको ७९ औं शाखा काठमाडौंको कोटेश्वरमा

  २०७५ असार २७ गते १२:०५     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले राजधानीको कोटेश्वरमा ७९ औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको वरिष्ठ इतिहासविद् सत्यमोहन जोशीले उद्घाटन गरेका थिए । उनले बचत खाता खोली औपचारीक रुपमा बैंकिङ कारोबार सुरु गरेको बैंकले जनाएको छ ।

मुक्तिनाथले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने योजना रहेको सुनाए ।

बैंकको हालसम्म उपत्यकाभित्र कोटेश्वर, महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहिल, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखाहरु संचालनमा आई सकेका छन् । यस्तै जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.