नेपालमा ग्लोबल साइबर सेक्युरीटी समिट हुँदै

  २०७५ असार २६ गते १५:३८     विकासन्युज

काठमाडौं । नेपालमा ग्लोबल साइबर सेक्युरीटी समिट हुने भएको छ । इन्फरमेशन सेक्युरीटी रेस्पोन्स टिम(एनपीसर्ट)ले साउन ११ गते देखि १२ गतेसम्म नेपालमा ग्लोबल साइबर सेक्युरीटी समिट गर्न लागेको हो । समिटमा भारत, चीन, अमेरिका र अष्ट्रेलियाका साइबर सेक्युरीटी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

संसारभर द्रुतगतिमा विस्तार भैरहेको डिजिटलाईजेशन र त्यसले ल्याएको साइबर सेक्युरीटीको चुनौतीबारे समिटमा विस्तृत अन्तरक्रिया हुनेछ । इन्फरमेशन सेक्युरीटीमा आउने चुनौतीको सामना गर्ने उपाय खोज्न समिटिले महत्वपुर्ण भूमिका निर्वाह गर्ने एनपीसर्टका अध्यक्ष चिरञ्जीवी नेपालले बताए ।

समिटमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नाष्ट), नेपाल बैंकर संघ, कम्प्युटर एसोसियसन अफ नेपाल, इन्टरनेट सोसाईटी नेपाल च्याप्टर लगायतको सहभागीता रहनेछ । नेपाल हुने साइबर आक्रमणको जोखिमलाई घटाउने समिटिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.