सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालबीच उपचार सेवामा छुट दिन सम्झौता

  २०७५ असार २६ गते १४:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिलको दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.