एनआईसी एशिया बैंकको थप ४ नयाँ शाखा सञ्चालनमा

  २०७५ असार २५ गते १८:४८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले थप ४ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार एकैदिन झापा स्थित गौरीगञ्ज शाखा, झापा स्थित सुरुङ्गा शाखा र बर्दिया स्थित भुरीगाँउ शाखाको र सोमबार(आज) दाङ्गको सिसहनिया शाखाको उद्घाटन गरेको हो ।

उक्त सिसहनिया शाखाको उद्घाटन राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले संयुक्त रुपमा गरेका छन् ।

हाल बैंकले २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै अाएकाे छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.