ज्योति विकास बैंकको नयाँ शाखा मोरङ्गको खोर्सानेमा

  २०७५ असार २५ गते १८:२०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट १७ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १५ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.