राष्ट्रिय वाणिज्य बैंकको थप तीन शाखा सञ्चालनमा

  २०७५ असार २५ गते १३:५०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको थप तीन वटा शाखा कार्यालयहरु थप भई कारोबार शुभारम्भ भएको छ । बैंकले सिन्धुलीको कपिलाकोट, बझाङ्गको मष्टा र ताप्लेजुङ्गको हाङ्गपाङ्ग गरी तीन शाखाहरुबाट सेयर कारोबार शुरु गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताएका छन् ।

यी शाखा सहित बैंकको हाल ७१ जिल्लामा शाखा संख्या १९५ पुगेको छ । साथै, बैंकको १३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्व १२ अर्ब कर्जा लगानी गरेको छ । सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.