प्युठानको बडडाँडामा प्राइम कमर्सियल बैंक, शाखा संख्या ६३ पुग्यो

  २०७५ असार २४ गते १८:१५     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्युडानको सरुमारानी गाँउपालिकाको बडडाँडामा नयाँ शाखा विस्तार गरेको छ । यससहित बैंकको शाखा संख्या ६३ पुगेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका संचालक गजेन्द्र बिष्टले गरेका हुन् । बैंकले शाखा संजाल विस्तार गर्दै जाने क्रममा उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप ग्राहकमुखी बनाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.