२० लाखको लागतमा लक्ष्मी बैंकले जडान गर्यो १४ थान सोलार

  २०७५ असार २४ गते १६:०१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड तथा लक्ष्मी बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ । बैंकले २० लाखको लागतमा १४ थान सोलार जडान गरी शनिबार एक कार्यक्रमबीच हस्तानान्तरण गरेको छ ।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना सोलार हस्तनान्तरण कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले हस्तानान्तरण गरेका छन् । उक्त नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले पर्यटकिय स्थलमा लक्ष्मी बैंकले जडान गरेको सोलारलाई नगरपालिकाले सुरक्षा दिने र त्यसको रेखदेख गरी बेलाबेलामा सोलार प्यानलको सरसफाई गराउने बताए।

त्यसैगरी, बैंकले असार २२ गते बनेपा नगरपालिका क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भयो । वृक्षरोपण कार्यक्रम बनेपा नगरपालिकाको वडा नं. ९ स्थित गणेशस्थानबाट शुरु भई नेपाल खानेपानी संस्थान, बनेपा शाखाको प्राङ्गणमा पुगि सम्पन्न भएको थियो । सो कार्यक्रमअन्तर्गत २०० वटा विभिन्न प्रजातीका बिरुवा तथा फलफूलका बिरुवाहरु रोपिएको बैंकले जनाकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.