भारत र मेलिनाको चाहना यो मनकोेमा १५ वर्षे जोडीको रोमान्स

  २०७५ असार २३ गते १७:००     विकासन्युज

काठमाडौं । गायिका मेलिना राई र गायक भारत सिवाहाङ राईको आवाजमा तयार गरिको गीत चाहना यो मनकोसार्वजनिक गरिएको छ । अडियो तथा म्युजिक भिडियो एक साथ विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

सांगितिक यात्रामा नयाँ अनुहारका रुपमा आएका भारत सिवाहाङ राईलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी हुन् । अहिले कक्षा १० मा अध्ययन गरिरहेका१५ वर्षीय खम्बुहाङ राईले चाहना यो मनकोबाट अभिनयको यात्रा सुरु गरेका छन् । उनले मिम्छा राईसँग गरेको रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ । गायक भारत र गायिक मेलिना राई पनि म्युजिक भिडियोमा छन् ।

सञ्जीव पारदर्शी राई तथा सुष्मा रुपाबुङ राईको शब्द तथा रचना रहेको उक्त गीतमा सङ्गीतकार टिकेन्द्र राईले संगीत दिएका छन् । गायिका मेलिना राईले गीत फरक शैलीमा प्रश्तुत गरिएका कारण दर्शक तथा स्रोतालाई मन पर्ने बताइन् । त्यसै गरि गायन तथा अभिनयमा पहिलो पाइला चालेका भारत सिवाहाङ राई र खम्बुहाङ राईले पहिलो कामबाट धेरै उत्साहित भएको बताए ।

सबै वर्गलाई लक्षित गर्दै व्यवसायिक शैलीमा म्युजिक भिडियो तयार परिएकाले आफुहरुलाई दर्शकले मन पराई दिने अपेक्षा म्युजिक भिडियोका निर्देशक किरात बिन्द्रले गरेका छन् । बबुल गिरीले एरेन्ज गरेको गीतको म्युजिक भिडियोको छायांकन अंकित कार्कीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.