२०७५ असार २२ गते १८:२९ विकासन्युज
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप दुुई शाखा पोखरामा विस्तार गरेको छ । बैंकले शुक्रबार पोखराको तालचोक र हल्लनचोक लेकसाईडमा दुुई शाखाहरुको उद्घाटन गरि कारोवार शुरु गरेको छ ।
तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुुरुङले गरेका थिए । मन्त्री गुुरुङले प्रदेश नं.४ पर्यटन व्यवसायको लागि प्रचुुर सम्भावना बोकेको प्रदेश रहेकोले देशकै आर्थिक समृद्धिको मेरुदण्डको रुपमा विकास गर्न यसमा निजी क्षेत्र लगायत बैंक तथा वित्तीय संस्थाहरुले अहम भूमिका निभाउनुु पर्ने बताए ।
यसैगरी, लेकसाईड शाखाको उद्घाटन प्रदेश नं. ४ का सभामुुख नेत्रनाथ अधिकारीले गरेका थिए । अधिकारीले बैंकको प्रगतिको कामना गर्दै बैंकले विभिन्न ग्रामिण क्षेत्रहरुमा शाखा विस्तार गरि आम जनतालाई बैकिङ सुुबिधा प्रदान गरेकोमा सराहना गरेका थिए ।
यस विकास बैंकको कुल शाखा संख्या ५२ पुगेको छ । साथै, अन्य बैं ३ वटा शाखाहरु केही दिनमै संचालनमा आउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.