डिश मिडियाको अध्यक्षमा हेमराज ढकाल र संचालकमा सुदिप आचार्य नियुक्त

  २०७५ असार २२ गते १७:१५     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ढकाललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

साथै, सोही बैठकले संचालकहरुको सर्व सम्मतिमा संचालक सुदिप आचार्यलाई प्रवन्ध संचालकमा चयन गरेको छ । नवनियुक्त अध्यक्ष ढकाल आईएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसंग आवद्ध छन् । त्यस्तै, प्रवन्ध निर्देशक आचार्य यसै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमीे हुन् ।

बैठकले अध्यक्ष तथा संचालक पदबाट देवीप्रकाश भट्टचनले अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामालाई स्वीकृत गरेको हो । साथै, भट्टचनले कम्पनीको उल्लेख्य प्रगतिमा पुर्याउनु भएको योगदानलाई कम्पनीले उच्च मुल्याङकन गरेको छ ।

२०७४ असार १८ गतेबाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ । साथै, कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.