प्राइम कमर्सियल बैंकको शाखा प्युठानको बडडाँडामा

  २०७५ असार २२ गते १६:५०     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्युठानको बडडाँडामा नयाँ शाखा विस्तार गरेको छ । यस शाखा सहित बैंकको शाखा कार्यालय संख्या ६३ पुगेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका संचालक गजेन्द्र विष्टले गरेका हुन् । बैंकले आगामी दिनहरुमा शाखाहरुको संजाल विस्तार गरी थप स्थानबाट आफ्नो सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त बनाउने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.