ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  २०७५ असार २२ गते १६:०२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले असारको तेस्रो सातामा थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ ।

बैंकले असार १८ गते बाग्लुङ्गको बोबाङ्गमा, १९ गते गुल्मीको पाडथोकमा र ठुलापोखरामा नयाँ सेवा विस्तार गरेको हो । त्यसैगरी, असार २० गते अर्घाखाँचीको डाँडाकटेरीमा र गुल्मीको बास्तुमा बैंकिङ्ग सेवा शुरु गरेको छ । साथै, असार २२ गते नवलपरासीको पट्खौलीमा र गोरखाको मकैसिङ्गमा थप बैंकिङ्ग सेवा शुरु गरेको बैंकले जनाएको छ ।

बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोणप्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्णकुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमाकुमारी चौधरी र गोरखाको मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.