मन्त्रीको स्वकिय सचिव छाडेर पार्टी संगठनमा लागे आलम

  २०७५ असार १८ गते १८:२२     विकासन्युज

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका स्वकिय सचिव वसिम आलमले जिम्मेवारी छाडेका छन् । अनेरास्ववियुका केन्द्रिय सचिव तथा मोरङ एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका आलमले पार्टी तथा संगठनको कामका लागि स्वकिय सचिवको जिम्मेवारी त्यागेको बताएका हुन् ।

सोमबार मन्त्री लालबाबु पण्डितले मन्त्रालयमै आलमलाई विदाई गरेर यस अघि स्वकिय अधिकृत रहेका मनोज राईलाई स्वकिय सचिव नियुक्त गरेका हुन् । मन्त्री पण्डितले जिल्लामा पार्टी काम, क्षेत्रको विसका निर्माणमा समन्वय तथा अनेरास्ववियुको जिम्मेवारी समेत वहन गर्नेगरि आलमलाई पठाइएको जानकारी दिए ।

आलमले पनि जिल्लाको विकास निर्माणमा समन्वय तथा पार्टी र संगठनको कामका लागि आफुले स्वकिय सचिवको जिम्मेवारी छाडेको जानकारी दिए । पण्डित यस अघि सामान्य प्रशासन मन्त्री हुँदा पनि आलम स्वकिय सचिवको जिम्मेवारीमा थिए । काँग्रेस नेता शेखर कोइरालासँग निर्वाचन लडेको मन्त्री पण्डितको चुनावी कमाण्ड पनि आलमले नै सम्हालेका थिए । उनी मोरङको राजनीतिक वृतमा परिचित युवा राजनीतिज्ञ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.