२०० कपडा उद्योग बन्द हुने खतरामा, ३५ हजार राेजगारी गुम्ने

  २०७५ असार १७ गते १६:०४     विकासन्युज

काठमाडौं । पछिल्लो समय करिब २०० कपडा उद्योगहरु धरासायी हुने जोखिम बढेको छ । सरकारले कपडा उद्याेगलार्इ विगतमा दिदै आएको सुबिधा हटाएको, चाेरी पैठारीबाट कपडाकाे आयात बढेको, विदेशी कपडासँग प्रतिस्पर्धा हुन नसकेको लागयतको कारणाले धरासायी हुने जाेखिम बढेकाे हाे ।


नेपाल कपडा उद्याेग संघले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बजेटमार्फत कपडा सरकारले कपडा उद्याेगिले विगतबाट पाउदै अाएकाे सुबिधा हटाएको बताए । साथै अवैधानिक रुपमा आयता बढेको, विदेशबाट आयातित कपडाहरुसँग स्वदेशी कपडा उद्याेगले प्रतिस्पर्धा गर्न नसकेको लागयतको कारणले हाल मुलकमा सञ्चालन भइरहेको करिब २०० स‌ंख्यामा रहेकाे कपडा उद्योगहरु धरासायी हुने अवस्थामा पुगेकाे बताए । विगतमा पनि साना ठूला गरी करिब २०० कपडा उद्योग धरासायी भइसकेकाे उनकाे भनाइ छ ।‘पछिल्लाे बजेटअघिसम्म सिन्थेटीक कपडामा सरकारले मूल्यअभिवृद्धि कर १३ प्रतिशत लिन्थ्यो त्यसमा ७० प्रतिशत फिर्ता दिन्थ्यो साथै सुतीको कपडामा खरिद गर्ने क्रममा तिरेको रकमबाट बिक्रीमा उठाएको कर समायोजन गरिन्थ्यो,’ उनले भने ‘ती सबै सुविधालाई सरकारले मोबाईलमा मूल्यअभिवृद्धि कर फिर्ता नदिन अध्यादेश ल्याएसँगै साेही बास्केटमा राखेर कपडा उद्याेगकाे सुविधा समेत कटौती गरेको छ ।’

त्यस्तै उनले मुलुकमा बैधानकि करिब १० र अबैधानिक रुपमा ९० प्रतिशत कपडाको आयात भइरहेको बताए । उनका अनुसार जसबाट सरकारले २० अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाइरहेको छ । त्यसलाई थोरै मात्रै सुधारे १० अर्ब राजस्व गुम्नबाट जोगाउन सकिने उनकाे भनाइ छ । ‘केही वर्षअघिको अध्ययन अनुसार मुलुकमा अहिले प्रतिव्यक्तीलाई करिब ३० मिटर कपडा आवश्यक पर्ने र त्यसको आधारमा नेपालमा झन्डै ८० करोड मिटर कपडाे खपत छ,’ उनले थपे ‘त्यसमध्ये अहिले स्वदेशी उत्पादन ७ करोड मिटर मात्रै छ ।’ बाँकी अायात हुने र आयातित कपडामा पनि चाेरी पैठारीबाट मात्रै ९० प्रतिशत भित्रिने उनले सुनाए ।


कार्यक्रममा संघका उपाध्यक्ष जितेन्द्र लोहियाले विगतमा तराई क्षेत्रको औद्योगिक करिडोमा सञ्चालन भएका २०/२५ वटा उद्योग मध्ये अहिले एउटा मात्रै सञ्चालनमा रहेकाे बताए । ०७१ सालपछि कपडा उद्यागीहरुको लागि केही सहज कानून आए पनि फेरी पछिल्लो ०७५/७६ को अध्यादेशमार्फत सकारले उद्योगलाई धरासायीको बाटोतर्फ धकेलिदिएको उनको दुखेसाे छ । ‘अहिले नेपालमा पहिरन लगायताक सम्पूर्ण कपडालाई जोड्ने हो भने प्रत्येक एक जनालाई वर्षमा ६५ मिटर कपडा अवश्यक पर्छ,’ उनले भने ‘त्यो भनेको करिब १ अर्ब ८० करोड मिटर हुन जान्छ । नेपालमा हुने त्यातिका कपडा मध्ये करिब ९० प्रतिशत अायातित, चाेरी पैठारी लगायतकाे माध्यमबाट अाइरहेकाे छ । यसले नेपालबाट मुद्रा बाहिरने मात्रै हाेइन, स्वदेशी उद्याेगलार्इ नै धरासायी बनाएकाे उनकाे दावी छ । उनले चाेरी पैठारीलार्इ मात्रै राेक्ने हाे भने स्वदेशी उद्याेग उँभाे लाग्ने बताए ।

संघका सल्लाहाकार तथा हिरा टेक्स्टायलका सञ्चालक बद्रीराज श्रेष्ठले मुलुकमा कपडा उद्योग धरासायी हुनुको मुख्य कारण चोरी पैठरी रहेको बताए । ‘हामीले धेरै वर्षअघिदेखि कपडमा हुने चोरी पैठारी रोक्नका लागि पटक–पटक माग गर्दै अयौं,’ उनले भने ‘तर कहिले सरकारले सम्बोधन गर्ने प्रयत्न गरेन ।’ मुलुमा लोडसेडीङ हटेको छ । दशैँमा पटेका पड्काउन निशेष लगाइएकाे छ । तर किन कपडाको चोरी पैठारी हल गर्न सकिएको छैन भन्दै उनले सकारले प्रश्न गरे । सरकारले चाहने हो कपडमा भइरहेकाे चाेरी पैठारी राेक्न सक्ने भएता पनि त्यसप्रति चासो नदिएकाे उनको बुझाइ छ ।

स‌ंघका अनुसार हाल मुलुकभर ६ अर्ब रुपैयाँ बराबर कपडा उद्याेगमा लगानी भएकाे छ । जसबाट ३५ हजार बढी स‌ंख्यामा राेजगार प्रदान सृजना भएकाे छ । कपडा उद्याेग धरासायीकाे खतरासँगै कपडा उद्याेगमा अाबद्ध कर्मचारी तथा कामदारहरुको रोजगर जोखिममा पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.