आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ असार १२ गते १५:१३     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंकको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले कुमारी बैंकका जुनसुकै शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकका सीईओ श्रेष्ठले सबै ग्राहकहरुलाई बैकिङ् सेवा लिइरहेको शाखाहरु मार्फत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा लिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.